बाराको चार निर्वाचन क्षेत्रमा निर्वाचन अधिृकत नियुक्त

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले बाराको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोक्दै चार क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले बारा क्षेत्र नं. १ का लागि जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिकवक्ता शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृत तोकेको छ । … Read more

रौतहटमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

रौतहटको हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा सोमबार बिहान ईभी भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगरपालिका २ इनर्वा गाउँका २५ वर्षीय दीपेन्द्र बैठा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका … Read more

यादव दम्पतिद्वारा असहाय परिवारहरूलाई न्यानो कपडा र आवस्यक सामग्री वितरण

बारा, कार्तिक ७ गते । जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं ११ मा रहेका आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारलाई सञ्चारकर्मी ओमप्रवेश यादव र सामाजिक अभियन्ता सुनिता यादव दम्पतिद्वारा कपडा वितरण गरिएको छ। आगामी छठ पर्वलाई लक्षित गरी समाजसेवी भावना र साझा उत्तरदायित्व सहित यादव दम्पतिले वार्डभित्र बसोबास गर्ने दर्जनौं गरिब तथा असहाय परिवारहरूलाई न्यानो कपडा … Read more

बारामा लाखौं मूल्यका पटाका बरामद गरी पोखरीमा नष्ट

सिमराः सशस्त्र प्रहरी बलले बाराको आदर्शकोतवाल गाउँपालिका ३ भटिनियाँमा लाखौँ रुपैयाँ बराबरको प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी नायब निरीक्षक संजय यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको पटाका बरामद गरेको हो । ती पटाका तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लुकाएर ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र … Read more

बारामा हैजा महामारी विरुद्धको खोप अभियान सुरु

सिमराः बाराको ६ वटै पालिकामा असोज २७ गतेदेखि हैजा महामारी विरुद्धको खोप अभियान सुरु भएको छ । अभियान सुरु भएसंगै जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत २४ वटै वडाहरुमा एक बर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाईने जीतपुरसिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए । अभियान अन्तर्गत प्रारम्भिक चरणमा जिल्लाका ६ पालिका कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, … Read more

रौतहटमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु, चार जनाको सकुशल उद्धार

रौतहटः रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका १ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा राजदेवी नगरपालिका ८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहेकी छन् । सात जनाको समूह घाँस लिन गौरतर्फ … Read more

दसैँ सकिएसँगै किसान बाली भित्र्याउन व्यस्त

सिमकोट (हुम्ला), असोज २७ – बडादसैँ सकिएसँगै हुम्लाका किसान यतिबेला खेतबारीको काममा व्यस्त देखिएका छन् । किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन् । दसैँ सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ । सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन् । उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन … Read more

जीतपुर सामुदयिक साकोसद्वारा दशैं, दिपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१० असोज २०८२ जीतपुर सामुदयिक बचत तथा ऋण सहकारी सस्थाको १८औं बार्षिक उत्सवको अवसर पारेर बडा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका उपध्यक्ष श्रवण कुमार गुप्ताको अध्यक्षता सम्पन्न कार्यक्रममा सहकारी बैंक सिमरा शाखाका प्रमुख चन्द्रमनी भट्टराई प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा सस्थाका व्यवस्थापक शम्भु रामले स्वागत … Read more

जीतपुरसिमरामा उपभोक्ता समितीलाई पारदर्शी र व्यवस्थित बनाईदै, उपभोक्ता समितीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने

बारा, भाद्र ५ गते । जीतपुरसिमरा उपमहानगरपालिकामा उपभोक्ता समितीलाई पारदर्शी र व्यवस्थित बनाउने काम सुरु भएको छ । उपमहानगरमा उपभोक्ता समिती भएर काम गर्न अब अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने नियम बनाइएको हो । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम अन्तर्गत स्वीकृत वडा स्तरीय योजनाहरू कार्यान्वयन … Read more

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको हाल सम्मकै उत्कृष्ट कार्यसम्पादन

एस.एस. पटेल, बारा, साउन ७ गते । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले हाल सम्मकै उच्च कार्यसम्पादन गर्न सफल भएको छ । मन्त्रालयले आ.ब. २०८१-८२ मा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगति हासिल गर्दै प्रदेश सरकार स्थापना भएको ७ वर्षको इतिहासमा पहिलोपटक यति ठुलो उपलब्धी हासिल गर्न सफल भएको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयमा … Read more