बारामा दुई वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

जीतपुर, चैत्र ३ गते । सिम्रौनगढ नगरपालिका–५ मा सोमबार राति दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ गइरहेका बीआर०५एए ८४४४ र बीआर३०भी ४६३७ नम्बरका मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको हो। दुर्घटनामा ४६३७ नम्बरको मोटरसाइकलमा सवार ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको प्रहरीले … Read more

हत्या अभियोगमा बाजुराका ४० वर्षीय धनबहादुर महतरा पक्राउ

काठमाडौँ, चैत ३ – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उहाँका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी … Read more

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरले छुट्यायो तीन करोड बजेट

चितवन, चैत ३ – भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक … Read more

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा, चैत २- यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो । वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ … Read more

देवघाटमा देखियो घडियाल गोही

चितवन, फागुन २०- गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिनुभयो । मलामी गएका धेरैले गोही देखेका … Read more

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो, एक घाइते

सिरहा, फागुन १८ – सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पूर्वतर्फ गइरहेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनगढीमाई … Read more

रौतहटमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

रौतहट, फागुन १८- रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।।वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट … Read more

सिमरामा केटिएम कन्सल्टिङ ग्रुपको पहिलो वार्षिकोत्सव सम्पन्न

बाराको सिमरामा रहेको केटिएम कन्सल्टिङ ग्रुपले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। सिमरास्थित श्रेष्ठ रेसिडेन्सी होटलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा प्याब्सन बारा अध्यक्ष राजु कार्की, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, होटल तथा … Read more

प्रभावशाली नेतासहित जीतपुरमा २०० भन्दा बढि व्यक्ति एमालेमा प्रदेश, बारा–४ पुनः लालकिलामा परिणत हुदै

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा फागुन ९ गते १५० भन्दा बढी व्यक्तिहरूले विभिन्न दल परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए। पुनः आज, फागुन ११ गते, कयौं प्रभावशाली नेतासहित ६० भन्दा बढी व्यक्तिहरू एमालेमा सामेल भएका छन्। यससँगै, बारा-४ क्षेत्र पुनः ‘लालकिला’मा परिणत हुँदैछ। बारा क्षेत्र नम्बर ४ मा आगामी प्रतिनिधि सभा निर्वाचनको … Read more

गौर हिंसा प्रकरणः जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेद पक्राउ

रौतहट, १० फागुन – रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदलाई पक्राउ गरेको छ। गौर नगरपालिका–६ सवगढाबाट सुरु भएको दुई समुदायबीचको विवादमा उनको संलग्नता रहेको आरोपमा घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लगिएको प्रहरीले जनाएको छ। बिहीबार साँझ जन्तीको गाडी मस्जिदको बाटो हुँदै गएको विषयलाई लिएर विवाद चर्किँदै … Read more