डोटीमा ७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत

काठमाडौं, ८ फागुन । डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्। स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खडायत र भाटले लामो प्रेम … Read more

टीकापुरमा पानिमा डुबेर एक बालिकाको मृत्यु

धनगढी, ६ फागुन । टीकापुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–१ शान्तिनगरका सिर्जना चौधरीकी एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो। बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि टीकापुर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना

धनगढी, २७ माघ । कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्। घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका … Read more

आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको मृत्यु

डोटी, माघ २२- डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको गएको छ । अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर सासू बुहारीको मृत्यु भएको जानकारी दिए … Read more

बैतडीमा किशोरीको शव फेला

बैतडी, १६ माघ । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

अन्तरजातीय विवाह गरेकी छोरीलाई घरमै गएर आमाले गरिन् कुटपिट

काठमाडौं, माघ १५ । कैलालीमा अन्तरजातीय विवाह गरेर गएकी छोरीलाई आमाले घरमै गएर कुटपिट गरेकी छन्। गोदावरी नगरपालिका–९का सुरेश विश्वकर्मासँग अन्तरजातीय विवाह गरेकी २३ वर्षीया सरस्वती खड्कालाई आमाले घरमै गएर शनिबार कुटपिट गरेकी हुन्। कुटपिटबाट सरस्वती र सुरेश घाइते भएका छन्। गौरीगंगा नगरपालिका– ७ की सरस्वती र सुरेशले २०७९ फागुन २९ गते काठमाडौंमा अन्तरजातीय विवाह गरेका … Read more

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

दार्चुला, कात्तिक ३०- नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज (बिहीबार) दिउँसो दुर्घटना भएको हो । जिप दुर्घटनामा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । ठगुन्नालाई थप उपचारका लागि धनगढी लगिएको हो … Read more

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाम, कात्तिक ३०- श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक … Read more

अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

अछाम, कात्तिक ३०- अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१–००१ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि … Read more

अज्ञात समूहले विद्यालयमा गर्‍यो आगजनी

काठमाडौँ,भदौ २८ । बैतडीमा अज्ञात समूहले एक विद्यालयमा आगजनी गरेको छ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ थालिगडास्थित कालिका माविमा अज्ञात समूहले आगजनी भएको हो । आगजनी गर्ने समूहले कार्यालयको कोठामा रहेका कागजपत्र जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिनु भयो । प्रधानाध्यापक लेखकका अनुसार रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र … Read more