बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प, घरहरु भत्किए

बाजुरा, माघ १०– आज (मंगलबार) दिउँसो बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित चितवनमा समेत महसुस भएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। सो … Read more

तुफानडाँडा जिप दुर्घटनामा सात जनाको मृत्यु: मष्टा गाउँ शोकमा

बझाङ, कात्तिक ३– जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टा शोकमा डुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दिउँसो दुर्घटनामा … Read more

चार प्रदेशमा भारी वर्षाको सम्भावना

चितवन, भदौ १२– आगामी २४ घण्टामा देशका चार प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे एक सूचना जारी गरी बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना र बाँकी प्रदेशहरूमा मेघ … Read more

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक … Read more

जाँड-रक्सी खाने र बिक्री गर्नेलाई गाँउपालिकाले ढुङ्गा बोकाउने

डोटी,साउन ५- डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएको पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी … Read more

कैलालीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको हो । सुप.प्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई हिजो शनिबार राति करिब १०ः३० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका … Read more