सर्पले टोकेपछि झारफुकः महिलाको मृत्यु

बैतडी, भदौ १३- बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले … Read more

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

धनगढी,साउन ३२- सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले … Read more

कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ, असार १९ गते । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । किशोरीलाई दोधारा चाँदनी नगरपालि वडा नम्बर ५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय … Read more

गाडी दुर्घटनामा गम्भिर घाइते भएका सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

धनगढी, असार ५ गते । सुदूरपश्चिमको बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका … Read more

सुदुरपश्चिम दुर्घटनामा कानुन मन्त्रीकी श्रीमती र भाउजूको मृत्यु, मन्त्री र पीएसओ गम्भीर घाइते

कैलाली, असार ५- बझाङ दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । … Read more

बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गयो

बाजुरा, जेष्ठ २९ गते । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमवार बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

निर्मला हत्या प्रकरणः डीएनए परीक्षण गर्न थप ३ जनाको नमुना संकलन

काठमाडौँ, वैशाख २३– रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्री नियुक्त भएसँगै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । लामिछानेको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । समितिले डीएनए परीक्षण गर्न ५ जना शंकितको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो … Read more

एसईई दिएर घर फर्किने बेला जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

धनगढी, चैत २७– कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका … Read more

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी, चैत्र १८-  कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम … Read more

बाजुराको भूकम्पमा परेर एक जनाको मृत्यु

गौमुल, माघ १० गते । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना … Read more