जगदम्बा स्टील्सको भट्टी पड्कियो, कम्पनले बस्ती हल्लियो

बारा, असार १८ गते । बाराको सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा बुधबार राती फलाम पगाल्ने भट्टी पड्किएको छ । उद्योगको ३० टन क्षमताको सिसिएम प्लान्टको भट्टी पड्किएको हो । भट्टी पड्किदा एक मजदुर घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षीय भारतीय नागरिक अजय बैठा रहेका छन् । घाइतेको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनामा … Read more

पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, असार १५- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ प्रविधि खरिदमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार नै बस्नेतको बयान लिँदै थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो। अदालतका उपरजिस्ट्रार … Read more

बारामा ४३ लाखभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा

बारा, असार १३ गते । बारा प्रहरीले बिल बिजक भन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । राजश्व छलीको आशङ्कामा सामानसहित ट्रक नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक जङ कार्कीको नेतृत्वमा खटिएको प्रहरीले टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा सवारी जाँचका क्रममा करिब ४३ लाखभन्दा बढीको राजश्व छलीको आशङ्कामा सामानसहित ट्रक नियन्त्रणमा … Read more

वीरगन्जको बगहीमा ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

पर्सा, असार १३ गते । वीरगन्ज महानगरपालिकाको बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको घटनास्थलमै ज्यान गएको छ भने एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा बगहीका १७ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेल रहेका छन्। उनीहरू सवार रहेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त ट्याक्टर भेडाहा खोलाबाट माटो लिएर … Read more

कांग्रेस र एमाले फरक पार्टी भएकाले केही निर्णयमा फरक मत आउनु सामान्यः सभापति देउवा

चितवन, असार १३– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस र एमाले दुई फरक पार्टी भएकाले कुनै निर्णयमा सामान्य असमझदारी हुँदा ठूलो विषयको लिन नहुने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति देउवाले कांग्रेसको आग्रह र सहमती अनुसार नै सरकार अघि बढेको बताउनुभयो । उहाँले कांग्रेसले आग्रह गरेपछि नै सरकारले … Read more

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्णः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, असार ११- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री सिंहले नेपालको महिला आन्दोलनकी शीर्ष … Read more

दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

काठमाडौं, असार ११- नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए । उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताए । राजीनामा पत्रमा उनले घरायसी कारण … Read more

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

चितवन, असार ८- मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम ९गर्डर० राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, … Read more

डोटीमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, पाँच घाइते

डोटी, असार ६- डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ … Read more

मनसुन प्रणाली देशभर फैलियो

काठमाडौँ, असार ६- यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग … Read more