जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण
काठमाडौं, कात्तिक २४- जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ । विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।