चितवन, भदौ ११-
भरतपुरमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाई देहत्याग गरेका छन् । भरतपुर महानगरपालिका–३ लंकुमा बारा जिल्लाका एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका हुन्।
बाराको महागढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय राजावाबु जैसवालले शरिरमा पेट्रोल खन्याएर आगो लगाई देहत्याग गरेको स्थानियहरुले बताए ।
राजाबाबुले सोमवार दिउँसो साढे १ बजेको समयमा आफु सुत्ने कोठामा कोही नभएको अवस्थामा आफैले आफ्नो शरीरमा पेट्रोल खनाइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो लागेर गम्भिर घाइते भएका उनलाई उपचारको लागि चितवन मेडिकल कलेज पु¥याइएको थियो ।
थप उपचारको लागि सोमवार बेलुका ५ बजे उनलाई गण्डकी प्रदेश०४–००१ च ००२३ नम्बरको एम्बुलेन्समा राखि काठमाडौँको कृतिपुर हस्पिटल लगिएको थियो । सोमवार राति १०ः४० बजेको समयमा कृतिपुर हस्पिटलका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।



