असार ९ गते जीतपुरसिमराको बाह्रौ नगर सभा हुने

एस.एस. पटेल, बारा, जेठ २८ गते ।

जीतपुरसिमरा उपमहानगरपालिकाको बाह्रौ नगर सभा अगामी असारमा हुने भएको छ । असारको ९ गतेको लागि जीतपुरसिमराको बाह्रौ नगर सभा तोकिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले एक सुचना जारि गर्दै असार ९ गते बाह्रो नगर सभा रहेको जानकारी दिएको हो । सिमराको क्लासिक प्लाजा होटेलमा ९ गते दिनको १ बजेदेखी हुने भनिएको नगर सभामा आर्थिक वर्ष २०८२÷८३ को निति तथा कार्यक्रम पेश, त्यसमाथी छलफल र निर्णय गरिने छ भने आर्थिक वर्ष २०८२÷८३ को वार्षिक आय र व्ययको अनुमान सहितको बजेट विनियोजन र आर्थिक विधेयक सहित अन्य कयौ विधेयकरु पेश गरिने सुचनामा उल्लेख गरिएको छ ।