बारा, असार २७ गते ।
व्यवसायीक पत्रकार अनिल तिवारीले बाराको सिमरामा आफ्नै रेन्टुरेन्ट संचालनमा ल्याएका छन् । बाराका अग्रज पत्रकारको रुपमा समेत स्थापित तिवारीले सिमरामा ए.एस.आर.क्याफे नामक रेष्टुरेन्ट संचालनमा ल्याएका हुन ।
उनले यस अघि सोही रेष्टुरेन्ट जीतपुर बजारमा संचालन गरेका थिए तर केही प्राविधिक कारणले उक्त रेष्टुरेन्टलाई सिमरामा सारेका हुन् ।
पत्रकार तिवारीले केही वर्ष पहिलादेखी बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा डुमरवाना पब्लिक अंग्रेजी स्कुल समेत संचालन गरिरहेका छन् ।
उनले सुरु गरेको ए.एस.आर.क्याफेमा खाना, खाजा, नास्ता, गोष्ठी, बर्डे लगायतका कार्यक्रम समेत गर्ने गरि रेष्टुरेन्टको बनावट छ । निकै सान्ट वातावरण, स्वादिष्ट खाना, खाजा र सुविधालाई प्राथमिकतामा राखेर रेष्टुरेन्ट संचालन गरिएको संचाल तिवारीले बताए ।
बारा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश सांसद देवनारायण चौधरीले रिबन काटेर रेष्टुरेन्टको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा पुर्व खेलकुद मन्त्रि पुरुषोतम पौडेल, विभिन्न पार्टीका नगर अध्यक्ष, सभापति र विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।



