- एस.एस. पटेल, बारा ।
नेपाल बिहार रेडियो श्रोता संघले बडादशैंको अवसरमा आज बुधबारको दिन विरगञ्ज मेलामा भक्तजन श्रद्धालुहरुका साथै बटुवाहरुको लागी जलपान कार्यक्रम सम्पन्न गरेको छ । साथै मेलामा सहभागी श्रद्धालुहरुको लागी स्वास्थ्यप्रती सजगता अपनाउदै कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै सेनिटाईजर र मास्क समेत बितरण गरेको छ ।
समाजप्रती आफनो उत्तरदायित्व निर्वाह गर्दै यश किसिमको पुण्यकार्य गरेको नेपाल बिहार रेडियो श्रोता संघका बरिस्ठ उपाध्यक्ष जितेन्द्र सराफ समर्पणले बताउनु भयो । उंहाको अनुसार नेपाल बिहार रेडियो श्रोता संघले अगामि दिनमा पनि यश किसिमको कार्यक्रम आयोजना गरिरहने छ ।
नेपाल बिहार रेडियो श्रोता संघको लगानीमा गरिएको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर्ता दिईने संघका सचिव अमित कुमार गुप्ताले जानकारी दिनुभयो ।
संघका अध्यक्ष हरेन्द्र प्रसाद यादवको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बब्लु अन्सारी, बाबुलाल लामा, सुबोघ कुमार श्रीवास्तव , अलिअमन सचिन सुब्बा ,उतिम लाल यादव, कौशल किसोर सराफ, बिनोद पटेल, चन्द्रीका साह, फुल सरिफ हवारी, संन्दिप साह लगायत नेपाल बिहार रेडियो श्रोतासंघका सम्पुर्ण टिमको सहभागीता रहेको थियो ।



