वडा अध्यक्ष गुप्ताद्वारा गढिमाई मेलामा निशुल्क पानी वितरण

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका वडा अध्यक्षले गढिमाई मेलामा निशुल्क पानी वितरण गर्नुभएको छ । वडा अध्यक्ष रामबाबु गुप्ताले नवमीको दिन लाग्ने जीतपुरको गढिमाई मेलामा १५० कार्टुन पानी वितरण गर्नुभएको हो ।

उंहाले गढिमाई मेलामा हरेक वर्ष यस्ता किसिमका काम गर्ने गर्नु हुन्छ । जीतपुर स्थित रहेको गढिमाई मन्दिरमा हरेक वर्ष दशैँ मेला लाग्ने गर्दछ ।