काठमाडौंबाट विरगन्ज आउदै गरेको सुमो दुर्घटना हुदा २ को मृत्यु, ८ गम्भीर घाईते

  • एस.एस. पटेल, बारा ।

सदरमुकाम काठमाडौंबाट विरगन्ज आउदै गरेको सुमो दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते भएका छन् ।

काठमाडौंबाट विरगन्जको लागि छुटेको ना १ ज ४५११ नम्बरको सुमो मकवानपुरको इन्द्रसरोबर-२ लामिबगरमा अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा सुमोमा सवार काठमाडौं महानगरपालिका-१६ गोदाबारीका ६२ बर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोबिन्दपुरका ४५ बर्षीय रामसनही राम रहेका छन् । दुबैलाई उपचारको लागि पाटन अस्पतालमा लाग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा सुमोमा सवार काठमाण्डौ चन्द्रगिरी नगरपालिका-९ कि २४ बर्षीया सिमा अधिकारी, मनमैजु नगरपालिका-१७ का २० बर्षीया सबु श्रेष्ठ, मकवानपुर हेटौडा-१६ की ३८ बर्षीया सरस्वती पोख्रेल र ४१ बर्षीय राजकुमार तिवारी रहेका छन् । उनीहरूको स्टार अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, सुमो चालक बारा जितपुर सिमारा-१९ का २५ बर्षीय पुरान अली, भारत घर बताउने ४० बर्षीय कमलेश पाण्डे, पर्सा बिरगंज-१८का २० बर्षीय बलिश्वर कुमार साह, काठमाण्डौं-१६ की  कमला श्रेष्ठ रहेका छन् । उनीहरूको हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।