- एस.एस. पटेल, बारा ।
प्राइभेट मेडिकल कलेज एसोसिएशनका केन्दिय अध्यक्ष बसुरुद्धिन अन्सारीले जीतपुर स्थित रहेको ड्रिम्सताज मेगा पार्टको अवलोकन गर्नु भएको छ । अवलोकन गर्दै अंसारीले जीतपुरमै नौलो कामको सुरूवात भएको उहाँले बताउनु भयो ।
काठमाडौं नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बसुरुद्धिन अन्सारीले शुक्रबार ड्रिम्सताज मेगा मार्टको अवलोकन गर्नुभएको हो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा केहि समय पहिले संचालनमा आएको यस मार्टको सेवासुविधाका बारेमा जानकारी लिन उहाँ ड्रिम्सताजमा आउन भएको हो । उहाँ सगैँ जीतपुरका युवा नेता अफताव आलम पनि मार्टको अवलोकन गर्नुभएको थियो ।
एक दशक भन्दा भढि समय विदेशमा रोजगार गरेर फर्केका युवा विनोद गुप्ताले आफ्नो अनुभवलाई जीतपुरमा सदुपयोग गर्न थालेको भन्दै उहाले मार्टका संचालक गुप्ताको तारिफ गर्दै प्रशसां गर्नुभएको थियो । गुप्ताले यस भन्दा पहिले जीतपूरमै ड्रिम्सताज एण्ड बिस्ट्रो नामक होटेल संचालनमा ल्याउनुभएको छ ।
ड्रिम्सताज मेगा मार्टले निशुल्क होम डेलीभरीको समेत ब्यवस्था गरेको छ । करिब एक करोड भन्दा बढिको लगानी संचालन गरिएको उक्त मार्टमा खाद्यान्न, कस्मेटीक, बच्चाहरूले खेल्ने टोए, किराना आईटम लगायत घरमा प्रयोग हुने सम्पूर्ण कसिमिको समानहरू पाउने मार्टका संचालक बिनोद गुप्ताले बताउनु भयो ।




