- एस.एस. पटेल, बारा ।
पर्यटनको प्रबर्द्धनका निमित्त HAN प्रदेश १ का अध्यक्ष सहितको जम्बो टोली प्रदेश नम्बर २ को विभिन्न पर्यटन गन्तव्य र धार्मिक स्थल भ्रमण गरेको छ । भ्रमणको क्रममा NATTA प्रदेश २ का अध्यक्ष मोहन सर्मा लामिछानेको नेत्रित्वमा भ्रमणका लागि आएका अतिथिहरू संग पर्सा राष्ट्रिय निकुञ्जमा अन्तरक्रिया कार्यक्रम समेत समपन्न गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख सरस्वती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रदेश १ र प्रदेश २ लाई पर्यटकिय हिसाबले कसरी जोड्न सकिन्छ भन्ने विषयमा जोड दिईएको थियो । यश क्रममा प्रदेश १ बाट भ्रमणका लागि प्रदेश २ आएका एक अतिथिले सिमरा बाट सिधा प्रदेश १ जोड्ने गरि हवाई यात्रा समेत सुरू गर्नुपर्ने बताउनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा निकुञ्जका चिफ वार्डेन मनोज कुमार साहले पर्सा राष्ट्रिय निकुञ्जमा रहेको बन्यजन्तु, ताल पोखरी, धार्मिक स्थल, पर्यटनको रमणीय स्थलको बारे जानकारी दिदै पर्सा राष्ट्रिय निकुञ्जको मुख्यद्वारको लोभलाग्दो डिपिआरको भिडियो समेत देखाउनु भएको थियो ।
प्रदेश १ को टोली अन्तरक्रिया कार्यक्रममा प्रदेश २ मा पर्यटकिय गन्तव्य धेरै भएको जिकिर गर्दै प्रदेश सरकार र पर्यटन सम्बन्धित निकाय र संघ संस्थाहरूले यसलाई प्रचार प्रसार गरि यहाँ सजिलै प्रयटनलाई लोभ्याउन सकिने बताएको थियो । प्रदेश २ र प्रदेश १ लाई पर्यटकीय हिसाबले जोडियो भने पर्यटकहरू एकै साथ तराई मधेसका पर्यटकीय गन्तव्य सहित प्रदेश १ को हिमाल समेत घुम्न सक्छन् ।
यता अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहनुभएकी उपमेयर चौधरीले पर्सा राष्ट्रिय निकुञ्जलाई प्रदेश १ र गण्डकी प्रदेश संग जोडनका निमित्त गर्नुपर्ने हरेक काममा जीतपुरसिमरा उपमहानगर हरदम तयार रहने बताउनु भएको थियो साथै डिपिआरको विषयमा निकुञ्जलाई नगरसंग समन्वय गर्न समेत अनुरोध गर्नुभएको छ ।
अन्तरक्रिया कार्यक्रम पश्चात् जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख सहित प्रदेश १ बाट आएको जम्बो टोली पर्सा राष्ट्रिय निकुञ्जमा गाडि सफारीबाट निकुञ्ज भ्रमण गरेको थियो । प्रदेश १ बाट घुमौ पुर्व भन्ने नारा अभियानका साथ प्रदेश २ को भ्रमणको क्रममा जनकपुरधाम, महागढिमाई,आर्थिक नगरी बिरगंज , पर्सा राष्ट्रिय निकुञ्ज , बागमतिको नुनथर र भरत ताल भ्रमण गर्दै नेपाल उद्योग बाणिज्य महासंघ FNCCI, NATTA,HAN FONHATE, DTRC लाएत प्रदेश १ का संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु फिर्किएका हुन ।
प्रदेश १ बाट पर्यटन प्रबर्द्धनका लागि आएका टोली:




