अचम्म: जीतपुरसिमरामा सम्पति कर १० गुणाले वृद्धि, मेयर भन्छन हामिले बढाएकै छैनौं

  • एस.एस. पटेल, बारा ।

जीतपुरसिमरा उपमहानगरपालिकामा सम्पति कर १० गुणाले वृद्धि भएको छ तर यस विषयमा सोही उपमहानगरपालिकाका मेयर बेखबर छन् ।

१० गुणाले सम्पति कर वृद्धि भएको आर्थिक एन २०७८ मा उल्लेख छ र एन सार्वजनिक भए पछि जीतपुरसिमराका अगुवाहरू र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोद्ध जनाउदै ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै मेयर डा. कृष्ण पौडेलले हामिहरूले सम्पति करमा कुनै किसिमको वृद्धि नगरेको दाबि गर्दै यो टाईपिङ मिस्टेक हो भन्नू भयो । तर नगरका राजस्व विभागका कर्मचारीहरूले भन्छन “सम्पति कर वृद्धि गर्न प्रपोजल पेस गरिएको भए पनि यस विषयमा बैठक बस्न सकेन र यसलाई जीतपुरसिमरा उपमहानगरपालिका कार्यसमितिबाट पारित गर्न पेस गरिएको थियो र सम्पति कर वृद्धि कार्यसमितिको बैठक बाट पारित गरेको प्रष्ट देखिन्छ ।

मेयर पौडेलले हामिले पहिलै सम्पति करमा कुनै किसिमको परिवर्तन नगर्ने भनी निष्कर्ष निकालेको बताउनु भयो । यता मेयरले यस्तो बोली रहादा पूरा दोस नगरपालिकाको कर्मचारी माथि गएको देखिन्छ तर नगरको कर्मचारीहरूको कुरा सुन्दा उनिहरूले कार्यसमितिलाई कर वृद्धि गर्न भनी प्रपोजल पेस गर्दा नगरको कार्यसमितिले नै सम्पति कर वृद्धि पारित गरेको बताउछन् ।

नगरका निर्वाचित जनप्रतिनिधि र नगरका कर्मचारी बिच तालमेल नमिलेको यहाँबाट प्रष्ट देखिन्छ । ज्ञापन पत्र बुझाउन नगरपालिका पुगेका केही व्यक्तिहरूले यो नगरका जनप्रतिनिधि र कर्मचारीहरूले नगर बासिलाई उल्लु बनाउन खोजेको समेत आरोप लगाएका थिए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ र नगरका अगुवाहरूले ज्ञापन पत्र बुझाउदै नगरको राजस्व विभागमा ताल्चा समेत लगाएका थिए । तर प्रशासनले हाल चाल्चा भने खोलेको छ र मेयर पौडेलले सम्पति कर वृद्धिको विषयमा कार्यपालिका बैठक बसेर यसलाई समाधान गर्ने बताउनु भयो । मेयर पौडेलले यो भुल बस गल्ति भएको पनि हुन सक्ने बताउदै सम्पति करमा कुनै किसिमको वृद्धि नहुने आश्वासन दिनु भयो ।

नगरपालिकाको पछिल्लो सम्पति कर

अहिलेको सम्पति कर


ज्ञापनपत्र