- एस.एस. पटेल, बारा ।
जीतपुरसिमराका बैंक तथा बित्तीय संस्थाहरुले बैंकर्स क्लब गठन गरेका छन् । आज साउन १२ गते जीतपुरसिमरा उपमहानगरपालिका भित्रका बैंक तथा बित्तीय संस्थाहरुले आपसी समन्वय र सहकार्य गरेर पहिलो पटक जितपुरसिमरा बैंकर्स क्लब गठन गरेका हुन ।
गठन गरिएको जीतपुरसिमरा बैंकर्स क्लबको अध्यक्षमा सिदार्थ बैंकका कृष्ण प्रसाद गौतम र उपाध्यक्षमा लक्ष्मी बैंकका सुमन दत्त सर्वसम्मतमा चयन भएका छन् ।
तेसै गरि क्लबको सचीवमा महालक्ष्मी बिकास बैंकका पुरुषोत्तम अधिकारी, कोषाध्यक्षमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सका युवराज राई , सहसचिवमा माछापुच्छ्रे बैंकका रोशन न्यौपाने र बाकी बैंक तथा बित्तीय संस्था का प्रतिनिधि सद्स्य रहने गरि क्लब गठन भएको क्लबका अध्यक्ष कृष्ण प्रसाद गौतमले बताउनु भयो ।
जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सम्पुर्ण बैंक तथा बित्तिय संस्थाहरूको आपसी समन्वय र सहकार्यका निमित्त गठन गरिएको बैंकर्स क्लबले जीतपुरसिमरा भित्रका बैंक तथा बित्तिय संस्थाको हकहितको लागि काम गर्ने क्लबले जनाएको छ ।




