- एस.एस. पटेल, बारा ।
जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो नगर भित्रका योजनाहरूको अनुगमन शुरू गरेको छ । नगरको उप-प्रमुख, प्रशासकीय अधिकृत, ईन्जिनियर लगायतको टोलिले नगर भित्र भएको विकास निर्माणका कामहरूको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा वडा वडामा गएर योजनाको स्थलगत निरिक्षण गर्दै नगरकी उप-प्रमुख सरस्वती देवी चौधरी र प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले वडाका स्थानियहरू संग सम्पन्न भएको योजनाको काम राम्रो भएको छ कि काममा केही कमि कम्जोरी भएको छ भनेर प्रश्न गर्दा प्राय सकारात्मक जवाफ आएको थियो ।
अनुगमनको क्रममा प्राय जसो काममा कुनै किसिमको कमि कम्जोरी नभएको देखिएको थियो भने कमि कम्जोरी देखिएको ठाउँहरूमा त्यास्लाई ठिक गर्न निर्देशन दिईएको थियो ।
बुधबार वडा नम्बर ११ र वडा नम्बर २० मा भएको विकासका योजनाहरूको अनुगमन गरिएको छ भने बाकि वडाहरूमा क्रमश अनुगमन हुने जीतपुरसिमरा उपमहानगरपालिकाकी उप-प्रमुख सरस्वती देवी चौधरीले बताउनु भयो ।




