करेन्ट लागेर बाराको कलैयामा एकको मृत्यु

  • एस.एस. पटेल, बारा ।

बारा जिल्लाको कलैयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं.१४ बस्ने ४५ वर्षिय मदनलाल जैसवालको मोटर चलाउने समयमा करेन्ट लागेर मृत्यु भएको हो ।

बिहिवार बिहान करिब ८: २० बजेको समयमा आफ्नैं घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउँदै गर्दा बाटोमा नैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।