बारामा हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो

  • एस.एस. पटेल, बारा ।

बाराको सदरमुकाम कलैयामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २ मा खेतमा काम गर्ने क्रममा हात्तीले आक्रमण गरेको थियो ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २ का कृषक ४५ वर्षिय रामदेव पटेल रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहानको समयमा खेतमा काम गरिरहेका पटेललाई करिब ८ बजे को समयमा जंगली हातीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पटेललाई उपचारकालागि अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

जङ्गल क्षेत्रबाट करिब १५ किलोमिटर बाहिर मानव वस्तीमा आएर हातीले आक्रमण गरेको स्थानियले बताएका छन् । घट्नाको थप अनुसन्धान भईरेहको प्रहरीले बताएको छ ।