पुर्व अध्यक्षद्वारा जीसि सामुदायीक सकृय साकोसको गरिमामा घटाउनु काम भयो: नवनियुक्त अध्यक्ष पिप्ले

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको जीतपुरसिमरा सामुदायीक सकृय बचत तथा ऋण सहकारी संस्था लि.का नवनियुक्त अध्यक्ष सावित्रीदेबी पिप्लेले संस्थाको पुर्व अध्यक्ष दुर्गा रिजालले साकोसको गरिमा घटाउन गलत प्रचार प्रसार गरिरहेको जानकारी गराउनुभएको छ । शुक्रवार सहकारीको आफ्नै हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पिप्लेले बजारमा सहकारी र सचालक समितिको बारेमा बेतुकको अफवाह फैलाएको प्रति खेद प्रकट गर्दै पुर्व अध्यक्ष रिजालले संस्थाको गरिमामा आँच आउने कार्य गरेको जानकारी गराउनुभएको हो ।

भाद्र ४ गते जीतपुरसिमरा सामुदायीक सकृय बचत तथा ऋण सहकारी संस्था लि. को सम्पन्न भएको १४ औँ साधारणसभा सहितको अधिवेसनले नयाँ कार्यसमितिमा आफ्नो प्रतिनिधीत्व नभएको भन्दै पुर्व अध्यक्ष रिजालले बजारमा सहकारी प्रति विभिन्न आफवाह फैलाएको समेत नवनियुक्त अध्यक्ष पिप्लेको भनाई छ ।

स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुदाँ समेत नैतिक हिन तरिकाले अध्यक्षको पद नछोड्ने पुर्व अध्यक्ष रिजालले विभिन्न पत्रपत्रिका साथै पालिका, संघ र बजारमा वर्तमान संचालक समिति र संस्थाको ब्यवस्थापकको बारेमा नकारात्मक टिकाटिप्पणी गरेको प्रति खेद ब्यक्त गर्दै त्यस्तो कार्य नर्गन निर्देशित गर्नुभएको छ ।

पुर्व अध्यक्ष रिजालको कार्यकालमा भएको ब्यवस्थापकसंगको कुरालाई नयाँ संचालक समितिसंग जोड्न खोज्नु जायज नभएको भन्दै अध्यक्ष पिप्लेले आफुहरु यस कार्यको कानुनी उपाए खोज्ने जानकारी गराउनुभयो ।

उहाँले समाचारमा सहकारीका सदस्य र अतिथीलाई गुण्डा भन्ने समाचार सम्प्रेशण गर्ने संचार गृह र संचारकर्मि बिरुधपनि कानुनी आधार खोज्ने जानकारी गराउनुभएको छ ।

सहकारीको १४ औँ साधारण सहितको अधिवेसनमा पुर्व अध्यक्ष रिजाल सहित अध्यक्षको उमेदवार एवम पुर्व कोषाध्यक्ष रञ्जन यादब उपस्थित रहेको र अन्त्य सम्म सबै प्रकृया पुरा गरेर मात्र बाहिरिनुभएको जानकारी गराउदै अध्यक्ष पिप्ले अधिवेसन बहिसकार गरेको भन्ने गलत भ्रम बजारमा फैलाएको प्रति सदस्यहरुलाई त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

यसैगरी सहकारीको ब्यवस्थापक शम्भु रामले आफु माथी लगाएको आर्थीक हिनामिनाको आरोप बेआधार रहेको बताउनुभएको छ । उहाँले सहकारीलाई एक रुपैया देखि यहाँसम्म ल्याउन आफ्नो मिहिनेत रहेको बताउदै अध्यक्ष र ब्यवस्थापकको संयुक्त हस्ताक्षरमा संचालित खाताबाट आर्थीक हिना भए त्यसको भए त्यसमा पुर्व अध्यक्षपनि उतिकै दोषी हुने तर त्यस्तो नभएको बताउनुभएको छ । “सहकारीको एक रुपैया पनि बैँकबाट नै कारोबार हुन्छ” सहकारीका ब्यवस्थापक शम्भु रामको भनाई छ । यसमा आर्थीक हिनामिना हुने कुनै सम्भावना नै छैन् ।

पुर्व अध्यक्ष रिजालले वर्तमान संचालक समिति माथी विभिन्न आरोप सहित जीतपुरसिमरा उमहानगरपालिकामा बचत तथा ऋण सहकारी संघलाई बोधार्थ हुने गरी आरोप सहित निवेदन दर्ता गराउनुभएको छ ।

पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष राजेन्द्र प्रसाद चौधरी, सचिव चन्दा कुमारी साह, कोषाध्यक्ष पिङ्गला कुमारी चौधरी लगाएत विभिन्न संचारमा आबद्ध संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।