जीतपुरमा होली राज अन्तर विद्यालय क्विज प्रतियोगिता सम्पन्न, जे.पि.ई.एस. प्रथम

एस.एस. पटेल, बारा, भाद्र ८ गते ।

बाराको जीतपुरमा प्रथम होली राज अन्तर विद्यालय क्विज प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जीतपुर पब्लिक अंग्रेजी स्कुल (जे.पि.ई.एस) प्रथम भएको हो ।

होली राज अंग्रेजी स्कुल जीतपुरको आयोजनामा सम्पन्न क्विज प्रतियोगितामा जीतपुरसिमरा उपमहानगर भित्रका ७ विद्यालयहरुको सहभागिता रहेको थियो ।

बारा क्षेत्र नम्बर ४ (१) का प्रदेश सभा सदस्य देवनारायण चौधरी प्रतियोगिताको प्रमुख अतिथि रहनु भएको थियो । उँहाले पानसमा दिप प्रज्वलन गरेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितामा एभरग्रिन अंग्रेजी विद्यालय जीतपुर, जीतपुर पब्लिक अंग्रेजी स्कूल , सहिद स्मारक एकाडेमी जीतपुर , एमेरल्ड एकाडेमी जीतपुर, केयर भिजन स्कूल जीतपुर, अम्बरेला एकाडेमी जीतपुर र ब्राइटर एकाडेमी सिमरा गरि कुल ७ विद्यालयहरु सहभागि भएका थिए ।

जेनेरल, अडियो, भिडियो, गाम्लिङ र रेपिड फायर गरि प्रतियोगिता ५ चरणमा संचालन गरिएको थियो । पाँच राउण्डमा सम्मन्न क्विज प्रतियोगितामा जीतपुर पब्लिक अंग्रेजी स्कुलले कुल १३५ अंक ल्याउदै प्रतियोगिताको विजेता बनेको थियो ।

यता प्रतियोगितामा १२० अंक प्राप्त गर्दै केयर भिजन स्कुल जीतपुर दोस्रो र ११५ अंक प्राप्त गर्दै सहिद स्मारक एकाडेमी जीतपुर प्रतियोगिताको तेस्रो स्थान लिन सफल भएको थियो ।

प्रतियोगितामा एनप्याबसनका केन्द्री सदस्य एवं लोटस एकाडेमी सिमराका प्राधानाध्यापक राम अधिकारी, ब्राइटर एकेडेमीका प्राधानाध्यापक राजु कार्की, सहिद स्मारक एकाडेमीका प्राधानाध्यापक मालती कुमाल, जिवन ज्योती स्कुलका प्राधानाध्यापक तिलक लुइटेल, एमेरल्ड एकाडेमीका प्राधानाध्यापक सरोज अधिकारी, एजुकेसन गार्डेन स्कुलका प्राधानाध्यापक संदिप साह लगायत विधिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।