- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुर स्थिति रहेको मदरसामा खुलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को वडा कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट मदरसामा विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो ।
२ लाख ५० हजार बराबरको खेलकुद सामाग्री ईस्लामिया मदरसा जीतपुर र जीतपुरको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा वितरण गरिएको थियो । खेलकुद सामाग्री बुधवार स्कुलमा वितरण गरिएको थियो भने आज शुक्रबार मदरसामा वितरण गरिएको छ ।
खेलकुद सामाग्री वितरण कार्यक्रममा जीतपुर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, समाज सेवी राजेश गिरि, मदरसाको व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक लगायत स्थानिय समाज सेवीहरूको उपस्थिति रहेको थियो ।




