ट्याक्टरको ठक्करबाट बारामा साईकल यात्रीको मृत्यु

  • एस.एस. पटेल, बारा ।

बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हिजो मंगलबार बुलुका जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा ट्याक्टरले ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको हो ।

गिट्टी र बालुवा लोड गरेर जिल्लाको आदर्श कोतवाल गाउँपालिका बाट कोल्हवी तिर जादै गरेको ना ६ त ३६९० को ट्याक्टरले साइकललाई ठक्कर दिदा साईकलमा सवार आदर्श कोतवाल गाउँपालिका वडा न ५ टेढाकट्टी निवासी शेख ननक मिँयाको २५ बर्षिय छोरा अब्दुलैश मियाको मृत्यु भएको हो ।

हरनहिया बाट आफ्नो घर जादै गरेको साइकलमा सवार अब्दुलैश मियालाई तमागढ़ी सिमरौनगढ़ सडक खण्ड अन्तर्गत बिर्ता गाउँ नजिकै ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट साइकल सवार मिँयाको घटनास्थलमै मृत्यु भएको जील्ला प्रहरी कार्यालय बाराको प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भएको छ ।

शवको मुचुल्का उठाई शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा पठाईएको र ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता मिश्रले बताउनु भयो ।