काठमाडौँ, १५ जेठ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदमा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आएको छ ।






