नेपाली कांग्रेस विश्रामपुर गाउँपालिकाको सचिव पदमा डा. रिजवान बाबु ठकुराई सर्वसम्मत

बारा, असोज ०९ गते ।

नेपाली कांग्रेस विश्रामपुर गाउँपालिकाको १५औँ महाधिवेशनबाट गाउँपालिकाको सचिव पदमा डा. रिजवान बाबु ठकुराई सर्वसम्मत चयन भएका छन्।

महाधिवेशनबाट ठकुराईलाई सचिव पदमा सर्वसम्मत चयन गरिएको हो। उहाँको चयनसँगै गाउँपालिकामा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

महाधिवेशनमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।