- एस.एस. पटेल, बारा ।
सामसुङ कम्पनीको मोबाईल खरिद गर्दा बाराको जीतपुरमा एक जनालाई सुँनको सिक्का परेको छ । सामसुङको ग्यालेक्सी एम १२ मोबाईल खरिद गर्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर १२ का राजेश प्रसाद चौधरीलाई ५ ग्राम सुंनको सिक्का अफरमा परेको हो ।
२२ हजार ४९९ रूपैयाको मोबाईल खरिद गर्दा चौधरीलाई करिब ४० हजार रूपैया बराबरको सुनको सिक्का उपहारमा परेको हो । चौधरीले जीतपुर स्थित रहेको लाक्ष्मि मोबाईल सेन्टरबाट मोबाईल खरिद गरेका थिए ।
जीतपुरका सामसुङको प्रमोटर राकेश कुमारको अनुसार सामसुङ कम्पनीले अहिले आफ्नो नंया ग्राहकहरूलाई ३० दिन सम्म दिनहु ३ जनालाई उपहारको स्वरूप सुँनको सिक्का दिरहेको छ । सामसुङ कम्पनीको कुनै पनि स्मार्ट फोन खरिद गर्दा उक्त मोबाईलको सिरियल नम्बर सामसुङ कम्पनीमा पाठाईने छ र कम्पनीले लकिड्रो गरि दिनहु ३ जनालाई सुँनको सिक्का उपहार दिने गरेको छ ।




