- एस.एस. पटेल, बारा ।
बाराको सिमरामा अटो रिक्सा पल्टिँदा एक शिशुको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित नेपाल टेलिकम नजिकै बुधबार रिक्सा पल्टिँँदा एक १३ दिने बालिकाको मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
हिजो बुधबार राति ८ बजे विकासशील चोकबाट सिमरातर्फ जाँदै गरेको ना २ ह ५३ १६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिँदा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । १६ दिने शिशुको उपचारको लागि वीरगञ्ज स्थित वयोधा अस्पताल लैजमदा उनलाई डाक्टरले मृत घोषणा गरेका थियो ।
सोही दुर्घटनामा घाइते भएका दुई नजाको उपचार भइरहेको छ । उनिहरूको अवस्थ घम्भिर नरहेको बताईएको छ ।




