मौसम चियाँको वनभोज कार्यक्रम सम्पन्न, व्यवसायीहरूले पाए ठुला ठुला बम्पर उपहार

  • एस.एस. पटेल, बारा ।

खेतान चिया उद्योगबाट उत्पादन हुने नेपालको सबैभन्दा लोकप्रिय मौसम चियाले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । बनभोज कार्यक्रममा मौसम चिया विक्रि गर्ने व्यापारीहरूलाई वर्ष भरि परेको कुपनलाई लकि ड्रो गरि विभिन्न किसिमको समानहरू उपहार दिएको छ ।

बाराको सिमरा स्थित रहेको थानिमाई बन उपभोक्ता समिति (सिमरा पार्क) मा एक वनभोज कार्यक्रमको आयोजना गरि व्यापारीहरूलाई वर्ष भरि परेको कुपनहरूलाई लकि ड्रो गरि ११९ जनालाई विभिन्न किसिमको उपहार दिएको हो । बारा र पर्सा जिल्ला एरियाका मौसन चिया विक्रि वितरण गर्ने व्यवसायीहरूलाई वनभोज कार्यक्रममा आफ्नो कुपन सहित उपस्थित हुन निमन्त्रणा गरिएको थियो ।

५०० भन्दा बढि कुपनबाट लकि ड्रो गरि ११९ जनालाई उपहार दिईएको थियो भने उपहार नपरेको व्यापारीहरूलाई एक एक थान क्याल्कुलेटर उपहार दिईएको थियो । लकिड्रो कार्यक्रम ८ चरणमा सम्पन्न गरिएको थियो । जस्मा पहिलो चरणमा ३० जनालाई एक एक थान १ लिटरको थर्मस दिईएको थियो, लकिड्रोको दोस्रो चरणमा ३० जनालाई एक एक थान पानी तताउने जग दिईएको थियो, तेस्रो चरणमा २५ जनालाई एक एक थान आईरन दिईएको थियो, चौथो चरणमा २० जनालाई एक एक थान ३ लिटरको प्रेसर कुकर दिईएको थियो, पाँचौ चरणमा १० जनालाई एक एक थान सिलिङ पंखा दिईएको थियो, छैठौं चरणमा २ जना लाई एक एक थान स्मार्ट फोन दिईको थियो र सातौं चरणमा १ जनालाई सामसुङ कम्पनीको एक थान फ्रिज दिईएको थियो भने अन्तिम चरणमा एक जनालाई ४२ ईन्चको स्मार्ट टिभि दिईएको थियो ।

मौसम गोल्ड मसाला चियाको मार्केटिङ म्यानेजर ईश्वर डवाडीको प्रमुख अतिथियतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिाज्य संघको महासचिव शिवजी सोनार, युवा नेता राजुराज गिरि, मनोज गुप्ता, रामबाबु गुप्ता, श्याम शाह कलवार, जीतपुर किराना व्यवासायी सघका अध्यक्ष राज कुमार, सिमरा किराना व्यवसायी सघका अध्यक्ष, असोक साह, विरगञ्जका रामाकान्त चौरसिया, जीतपुरसिमराका डिरल मनोज साह कलवार, कर्ण भण्डारी, जनक खड्का, अग्नि पनेरू, कृष्ण सुवेदी लगायतको उपस्थित रहेको थियो ।