आरुघाट बजारबाट माछाखोलातर्फ जाँदै मिनी ट्रक गोरखाको माछाखोलामा पल्टिँदा २ जनाको मृत्यु भएको छ ।
प्रहरीको अनुसार बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक र अर्का एक जनाको मृत्यु भएको हो ।
चालक २३ वर्षका निराजन नेपाल हुन् भने अर्का व्यक्ति अन्दाजी २१ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै धार्चे ३ का आसमान गुरुङ, २६ वर्षीया शरणी गुरुङ, उनकी २ वर्षकी छोरी सपना गुरुङ र धार्चे ५ कि अश्मिता गुरुङ गरी ४ जना घाइते छन् ।




