- एस.एस. पटेल, बारा ।
गायक अन्नु चौधरी र लखन चौधरीको स्वरमा रहेको “मोर चुरी बोले” नामक थारू गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सोही गितका गायक लखन चौधरी र एएमपी थारूले लेखेको शब्दलाई गणेश चौधरीले सम्पादन गरेका छन् भने प्रकाश केसिले मिक्स/मास्टरिङ गरेका छन् ।
“मोर चुरी बोले” गितको म्युजिक भिडियोमा सावन शर्माको निर्देशनमा विरू चौधरी, अन्दिसा चौधरी, राजिभ चौधरी र सुशीला सापकोटाले अभिनय गरेका छन् ।
सावन शर्माको निर्देशन र सन्दिप चौधरीको कोरियोग्राफीमा रहेको उक्त भिडियोलाई बिकास गुरूङले क्यामेरामा कैद गरि भिडियोलाई सम्पादन समेत गरेका हुन् ।
“मोर चुरी बोले” गितको भिडियो वि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको युटुव च्यानलबाट विश्व भर एकसाथ सार्वजनिक गरिएको छ ।
हेर्नुहोस पुरा भिडियो ।




