जीतपुरमा गाईगोठ (सेड) को शिलान्यास

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर ७ स्थिति रहेको विरगञ्ज जीतपुर गौशालाले जीतपुरमा सेड (गाई गोठ) निर्माण शुरू गरेको छ । जीतपुरको जय लक्ष्मी हलको अगाडि जिर्ण अवस्थामा रहको गोठलाई पुन: नयाँ बनाईदै छ ।

गौशालाको कार्याकारी अध्यक्ष राजा गिरिले गोठको शिलान्यास गर्दै गाई माताको बस्न र खानको लागि राम्रो सुबिधा सम्पन्न सेडको निर्माण हुने बताउनु भयो ।

शिलान्यास कार्यक्रममा गौशाला समितिका सदस्य,स्थानिय समाज सेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, जीतपुरका अगुवाहरू लगायतको उपस्थिति रहेको थियो ।