- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुरका खेलाडिहरुलाई ३ लाख बराबरको खेलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट जीतपुरका खेलाडिहरुलाई विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको अध्यक्षतामा खेलकुद सामाग्री वितरण कार्यक्रममा सम्पन्न गरिएको हो । खेलाडिहरुले खेलकुदको सामान पाए पछि आफुहरुलाई खेल खेल्न धेरै सजिलो हुनेभएको भन्दै वार्डलाई धन्यवाद दिदै खेलाडिहरु खुःसि व्यक्त गरेका थिए ।
खेलकुद सामाग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य मोहरम मंसुर, दुर्गा रिजाल, नारी शक्ति विकास मञ्च जीतपुरकी अध्यक्ष आशा दाहाल, जीतपुर रेडिमेड व्यवसायी संघका अध्यक्ष प्रकाश गिरि, खेल प्रमी, लगायत खेलाडीहरूको उपस्थिति रहेको थियो ।




