नेकपा एमालेको आधारभुत जनवर्गीय संगठन नेपाल भूमिहीन सुकुम्बासी संगठनको पहिलो अधिवेशनले केन्द्रीय सदस्यमा नवलपुरबाट २ जनालाई सर्वसम्मत चयन गरेको छ ।
बर्दियाको गुलरियामा सम्पन्न अधिवेशनले नवलपुरबाट कृष्णप्रसाद सापकोटा र माेहदत्त अधिकारीलाई सदस्यमा सर्वसम्मत गरेकाे हाे। साे अधिवेशनले अध्यक्षमा एमाले पोलिटव्युरो सदस्य तथा संघीय सांसद शान्ता चाैधरी, उपाध्यक्षमा भक्तबहादुर विक, गुन्जबहादुर खड्का,लिलाबहादुर मोक्तान चयन भएका छन् भने महासचिवमा इन्द्रबहादुर तामाङ सहित ६१ सदस्यकाे समिति बनेकाे छ। अधिवेशनले संगठनको विधानका बारेमा पनि छलफल गरि केही हेरफेर गरेको छ । भने ६१ जनाकाे कमिटीलाई बिस्तार गरेर १५१ जना पुर्याउने पनि बताएको छ।
अधिवेशन बाट निर्वाचित कमिटीको नामावली यसप्रकार रहेको छ ।





