एस.एस. पटेल, बारा ।
मोटरसाइकल दुर्घटना हुदा बारामा एक सञ्चारकर्मीको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो ।
सिमराबाट सोलखपुरतर्फ जादै गरेको ना१९प ८८१८ नम्बरको मोटरसाईकल उपमहानगरपालिकाको ३ नम्बर वडा स्थित मुसर्नीमाई मन्दिर नजिकैको पुल पारी बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला पर्सा विरगञ्ज महानगरपालिका वडा नम्बर ३१ सोलकपुरका ३१ वर्षिय रमेस चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौलागाई सोलखपुरबाट प्रकाशन हुने ज्वलन्त खबरका प्रकाशक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चौलागाईंको उपचारको क्रममा सिमरा स्थित अलपाईन अस्पतालमा मृत्यु भएको जनाईएको भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।




