- मकवानपुर, १८ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउँदैछन् । एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उनी हेटौंडा आउन लागेका हुन् ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेताकार्यकर्तासहित ४० हजारभन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ ।
आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए । हेटौंडा उपमहानगरपालिकाका विभिन्न चारवटा नाकाबाट पैदल र्याली गरी हुप्राचौरमा आमसभा गरिने उनले बताए ।




