जीतपुरसिमरा ७ मा मेयर र उपमेयर पदका उम्मेदवार सहित लोसपाको घरदैलो

  • जानकारी नेपाल, डेस्क ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपाले) ले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

जीतपुरसमरामा लोसपा नेपालबाट मेयर पदका उम्मेदवार सन्जय कुमार साह, उप-मेयरकी उम्मेदवार विपी मोक्तान र वडा नम्बर ७ बाट अध्यक्ष र सदस्य पदका उम्मेदवार सहितको टोली सहित जीतपुरका टाेलटाेल र बजारमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा लाेसपा तर्फबाट राजुराज गिरि, सदस्यमा रामबाबु कलवार, रवि शंकर साह, अमना खातुन, सीता देवी पासवान उम्मेदवार रहेका छन् ।

घरदैलो कार्यक्रममा लोसपाका नेता र उम्मेदवारहरूले समाजमा विकास गर्ने, सुशासन कायम गर्ने पार्टीको एक मात्र लोसपा साईकल छाप रहेको दावी गर्दै लोसपामा भोट हाल्न अनुरोध गरेका थिए ।