जीतपुरसिमराका मेयरका उम्मेदवार सन्जय साहले गरे मतदान

  • जानकारी नेपाल, डेस्क ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नुभएका सन्जय कुमार साहले आफ्नो मतदान गर्नुभएको छ । उपमहानगरपालिकाको वडा नम्बर ७ स्थित जीतपुर मा.वी पुगेर मेयरका उम्मेदवार साहले मतदान गर्नुभएको हो ।

जीतपुर मा.वीको मतदान स्थलमा मतदानपछि सञ्चारकर्मीसंग कुरागर्दै मेयरका उम्मेदवार सन्जय साहले लोसपा नेपालले जनताको मनमा बस्न सफल भएको पार्टी भइसकेको र हाम्रो जित सुनिचित रहेको बताउनु भयो । जीतपुरसिमरा उपमहानगरपालिकामा लोसपाको जित निश्चित रहेको भन्दै उहाले विवेक पुर्याएर मतदान गर्न आग्रह गर्नुभयो ।