बारा र पर्सा जिल्लाको सिमा क्षेत्रमा भुमाफियाहरूले जग्गा अतिक्रमण गरेको पाईएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ घुसुकपुर र पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को चकरदाह्वा नदिको सिमामा रहेको ऐलानी जग्गा अतिक्रमण भएको पाईएको हो ।
जिल्ला बारा र जिल्ला पर्साको सम्बन्धित निकाय संग समन्वय नगरी ऐलानी जग्गा अतिक्रमण गरि बारामा भएको जग्गाको मुल्य बढाउनलाई पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२को चकरदह्वानिको गौचरको ऐलानी जग्गाबाट सिधा बाटो निर्माण गर्न जग्गामा धमाधम माटो खसाउने काम भईरहेको छ ।
यता यसबारे विरगञ्जको महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष रेयाज अहमद संग तपाईको वडामा गौचरको ऐलानी जग्गा अतिक्रमण गरि विना कूनै सिफारिसको बाटो निर्माण गर्न लागिएको छ भनेर प्रश्न गर्दा मलाई यसबारे कुनै जानकारी छैन म तुरून्तै रोका पत्र सम्बन्दिध निकायमा पेश गर्ने प्रतिबधता गरेका थिए । तर २ महिना बितिसक्दा पनि रोका सम्बन्धि कुनै पत्र वडा बाट पेस भएको छैन ।
स्थानिय हिरामण रामका अनुसार बाटो निर्माण गर्न भनि अतिक्रमण गरिएको जग्गामा वर्षौ देखि मृत शवको अन्तेष्ठि गर्दै आईएको छ । नेपाली काग्रेसका स्थानिय चर्चित नेता सिपाही ठकुराईका अनुसार उक्त ऐलानी जग्गामा पुल निर्माण गर्नका लागि माटो खसालिएको थियो तर पत्रकारहरूले यस विषयमा कुरा उठाए पछि माटो खसाल्ने काम बन्द गरिएको छ ।




