वार्षिकोत्सबको अवसरमा हातेमालो साकोषद्वारा जीतपुर स्वास्थ्य चौकीलाई बर्थिङ्ग बेडमा सहयोग

  • एस.एस. पटेल, बारा ।

आफ्नो १५ औं अवार्षिकोत्सबको अवसरमा हातेमालो बचत तथा ऋण सहकारी संस्थाले जीतपुर स्वास्थ्य चौकीलाई बर्थिङ्ग बेड सहयोग गरेको छ ।

आफ्नो हरेक वार्षिकोत्सब विभिन्न सामाजिक सहयोग गरेर मनाउदै आएको हातेमालोले १५ औं अवार्षिकोत्सबमा बाराको समरा स्थित रहेको सिमरा स्वास्थ्य चौकीमा पङ्खा, जीतपुर स्वास्थ्य चौकीमा बर्थिङ्ग बेड सहयोग गरेको छ भने भोलि शनिबार सिमरा चौकमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।

साथै बाराकै रज्घाटाको एक स्कुललाई निशुल्क शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम सहित अन्य विभिन्न सामाजिक सहयोगको काम गर्ने योजना रहेको हातेमालो साकोषले जनाएको छ ।