करेन्ट लागेर बारामा एक ३५ वर्षीय महिलाको मृत्यु

  • एस.एस. पटेल, बारा ।

मधेस प्रदेशको बारा जिल्लामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेको बारा प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

घरमा रहेको कलमा जडान गरिएको पानी तान्ने मोटर चलाएर पानी भर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।