- जानकारी नेपाल, डेस्क ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ, डिजेल/मट्टितेलमा प्रटिलिटर नौँ रूपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रूपैयाँले वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१ रूपैयाँ, डिजेल र मट्टितेलको १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० रूपैयाँ पुगेको छ । निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।



