भन्सार छलीका सामाग्रीसहित बाराबाट ट्रक नियन्त्रणमा

जानकारी नेपाल, डेस्क, ६ भदौ ।

बाराबाट सशस्त्र प्रहरीले बिलबिजकभन्दा बढीको सामाग्री ट्रकसहित नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस जितपुरबाट प्रहरी निरीक्षक रबी थापा नेतृत्वको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित छातापिपराबाट ३० लाख २९ हजार ७ सय ५४ रुपैयाँ बराबरको सामाग्री बरामद गरेको हो ।

छिन्नमस्ता बाहिनीको विशेष सूचनाको आधारमा खटिएको टोलीले सामाग्री लोड रहेको ३० लाख मूल्य बराबरको ना ५ ख ७९२६ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको छ । बरामद सामाग्रीलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक रबी थापाले जानकारी दिए ।