बारामा डाका र प्रहरी बिच दोहोर भिडन्त, वरिष्ठ सई शाही घाइते, २ डाका पक्राउ

जानकारी नेपाल, डेस्क ।

बाराको भलुहीमा प्रहरी र डाका बिच दोहोरो भिडन्त भएको छ । भिडन्तमा वरिष्ठ प्रहरी नायब निरिक्षक (सई) कलाम शाही घाईते भएका छन् । डाका पक्राउ गर्ने क्रममा डाकाले प्रहार गरेको रडबाट शाही घाईते भएका हुन् ।

भिडन्तमा घाईते वरिष्ट प्रहरी नायब निरिक्षक शाहीको विरगंज हेल्थ केयरमा उपचार भैरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ भने दोहरो भिडन्तमा घाईते एक जना डाकाको अलपाईन अस्पताल सिमरामा उपचार भैरहेको जनाइएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपाकि वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रा.ली. सिलिन्टर कम्पनीमा डाकाहरुको समुहले लुटपाट गरीरहेको सुचना पाए लगतै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समुहमा आएका डाकाहरुले उद्योग भित्र लुटपाट मचाईरहेको बेला प्रहरी र डाका बिच दोहोर भिडन्त भएको हो ।

दोहोर भिडन्तमा डाकाले एक राउन्ड र प्रहरीले तिन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए । डाकाले चार राउन्ट फायर गरेपनि ३ राउन्ट नपडकेको र एक राउन्ट पड्केको थियो ।

प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थान सहित २ जना डाका पक्राउ गरेको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा बस्ने जयराम पासवान र १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

बिगत ३ दिन देखि डाकाहरुको समुह यस उद्योगमा आएर लुटपाट मचाइरहेको उद्योगका एक क्रमचारीले जनाएका छन् ।