मिटर ब्याजीको झुटो मुद्दामा बारा प्रहरीले गलत ब्यवहार देखायो: पिडित

बारा २२ भदौ ।

बारा जिल्लामा मिटर ब्याजी लेनदेन मुद्दामा प्रहरीको कानुन बिपरित ब्यवहार देखिएको पीडितले बुधबार आरोप लगाएका छन । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी सोहन कुमार पिप्लेले स्थानीय उधोगी गोपाल प्रसाद कलावारलाई मिटर ब्याजिको संज्ञा दिदै जिल्ला प्रशासन बारामा उजुरी गरेपछि प्रहरीले सुदखोरी कलवारलाई उल्टै धाक ,धम्की डर त्रास देखाई मुद्दा मिलापत्र गर्न दबाब दिइएका गोपाल कलवारका दाइ कन्हैया गुप्ताले पत्रकार समेलन मार्फत जानकारी गराउनु भएको हो ।

बिगत ९ बर्ष पहिला स्थानीय सोहन कुमार पिप्ले भनेले व्यक्तिले ६ लाख रुपैया तमसुक कागज गरेर गोपाल कलवार संग रकम लिइएका थिए । उक्त रकमको सावा ब्याज तिर्ण नसकी अवस्थामा पिप्ले संचालन गरेको सिमरा स्थित मनकामना होटेल बाट सवा ब्याज तिर्न कलवारको रक्सी पसल बाट समेत कारोबार गरेकस थिए । २०७६ सालमा मात्र गोपाल कलाकारबाट ४ लाख १९ हजार १५ रुपैयाँको रक्सी लिइएका थिए ।

सोहन कुमार पिप्लेले लिइएको रकम मध्ये २ लाख २५ हजार रक्सीको पैसा मात्र बुझाईएको बांकी रु १५ लाख असुल उपर गर्न बांकि रहेको कन्हैया गुप्ताले बताएका छन् । यसरी विभिन्न ब्यक्ति माथी झुठो आरोप लगाउने ,दुख दिने नियतले सोहन कुमार पिप्लेले प्रहरीमा उजुरी गरेक गुप्ताको आरोप रहेको छ । यस अघि कलवार र पिप्लेको ईलाका प्रहरी कार्यालय सिमरामा समेत आपसि समझदारीमा मिलापतर गरिएक‍ो छ । वैशाख १५ गते सिमरा स्थित ईलाका प्रहरीमा पिप्लेले कलवारलाई दिनु पर्ने सबै पैसा दिने सहमति भएको कन्हैया गुप्ताले बताउनु भयो । सहमती अनुसार पिप्लेले करिव १० लाखको चेक समेत कलवारलाई दिएका छन् । कन्हैया गुप्ताका अनुसार पिप्ले पैसा नदिनको लागि मिटर ब्याजी जस्ता झुटो आरोप लाएर प्रहरीलाई समेत झुकाउने प्रयास गरिरहेका छन् ।

बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीले गोपाल प्रसाद कलवारलाई जिल्ला प्रहरी कार्यालय भित्र बोलाई डर त्रास ,धम्की ,ठगी ,झुठो आरोप लगाएर लागु पदार्थ जस्ता मुद्दामा कलवारलाई फसाउन खोजेपछि आफुहरु न्यायको खोजिमा रहेको कन्हैया गुप्ताले पत्रकार समेलन मार्फत जानकारी गराउनु भयो । पटकपटक अपराध अनुसन्धानका प्रहरी नायब निरीक्षकले समेत गोपाल कलवारलाई लेनदेन मुद्दा पैसा नलिएर मिलापत्र गर्न दबाब दिदै आएको गुप्ताले जानकारी दिनु भयो । पिप्लेले लगाएको मिटर ब्याजीको मुदा झुटो हो भन्दै आफुहरू प्रमाण देखाउदा प्रहरीले प्रमाण समेत हेर्न नमानेको गुप्ताले दुखेको पोख्नु भएको छ

साहुकार गोपाल प्रसाद कलवारलाई धाक ,धम्की त्रास प्रहरीले दिन थालेपछि उनका दाजु कन्हैया गुप्ताले उच्च अदालत अस्थायी ईजलास बिरगंजमा भादौ २० गते निशेधज्ञा मुद्दा प्रहरी विरुद्ध दर्ता गराएका छन ।

यता बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीले प्रहरीले कुनै किसिमको दबाब डर त्रास धम्की ,गलत ब्यवहार गोपाल कलवार र उनका दाजु कन्हैया गुप्ता संग नगरेको प्रतिक्रिया दिनु भयो । प्रहरीले दुबैपक्षलाई मिलापत्र गर्न गोपाल कलवारलाई उपस्थित गराउन मात्र प्रहरीले पहल गरेको बाराको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।