डेस्स, भाद्र २५ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपरमा गढिमाई साझेदारी बन उपभोक्ता समुहका लागि सर्वसम्मत रुपमा सदस्य छनौट गरीएको छ । वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भेलाले गढिमाई साझेदारी बन उपभोक्ता समुह गठनका लागि सर्वसम्मत रुपमा ७ सदस्य समिति गठन गरीएको हो ।
समिति गठनको क्रममा केही सहभागीहरूले आफ्नो कुरा नमानेको भन्दै बहिस्कार गरेर हिडेका थिए । तर समिति गठनको पक्षमा बहुमत पुगेको कारण वडाको नेतृत्वमा समिति गठन भएको हो ।
डिभिजन बन कार्यालय बाराको पत्र अनुसार आफ्नो वडामा वडा भेला गरेर ७ जना सदस्यको नाम पठाउन वडा कार्यालयलाई गरीएको पत्राचार अनुसार वडाले सर्वसम्मत रुपमा सदस्य चयन गरेको पठाएको हो ।
समितको महिला सदस्यमा मालती गिरी, रेनु गिरी, दलित सदस्यमा ललिन्द्र महरा, मधेशीमा राजकिशोर प्रसाद साह कलवार, अन्यमा मनोज कुमार गुप्ता, राकेश कुमार गुप्ता र अजित कुमार सिहं रहनुभएको छ ।
वडा अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न यस भेलामा वडा सदस्य सिता उप्रती, नुरुल्लाह अंसारी, नबिन मौनाली, गढिमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष गणेश जी साह कलवार, गढिमाई साझेदारी बनका ईन्चार्ज ललन राउत कुर्मी, गढिमाई साझेदारी बन उपभोक्ता समुहका सदस्य आनन्द शर्मा, शेषनाथ प्रसाद कुश्वाहा, बन रक्षक बाबुराम अघिमिरे, सन्तोष अधिकारी, डिभिजन बन कार्यालय बाराका सहायक बन अधिकृत आविद हुसेन, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सचिव दिल्ली ढुङ्गाना,युवा नेता अफताब आलम, आयुब खान लगाएको संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।




