कोरोनाको औषधि रेमडिसिभिर अब नेपालमै उत्पादनका हुने

कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको हो ।

हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताउनुभयो । उनले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिनुभयो। उनले भने, ‘हाल उत्पादनका लागि अनुमति दिएका हौँ। बजार बिक्रिका लागि भने अनुमति पाइसकेको छैन। औषधि उत्पादनको प्रक्रियामै छ। त्यो प्रक्रिया पुरा भएपछि बजार बिक्रिका लागि पनि अनुमति दिन्छौँ।’

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा रेमडिसिभिर औषधि बजारमा आउने बताइएको छ।