एस.एस. पटेल, बारा ।
जग्गाको कित्ताकाट खोल्न जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । जितपुरसिमराका व्यवसायी र स्थानियहरूले उपमहानगरलाई उपमहानगर भित्र जग्गाको कित्ताकाट खुल्ला गर्न ज्ञापनपत्र बुझाएका हुन ।
बारा पर्साका अधिकांश स्थानीय तहले जग्गा कित्ताकाट खुुल्ला गरिसके परिप्रेक्षमा जीतपुरसिमरा उपमहानगरले हाल सम्म कित्ताकाट नखोल्दा स्थानीय र व्यवसायीहरू मारमा परेको भन्दै छिटोभन्दा छिटो यस उपमहानगरमा जग्गा कित्ताकाट खोल्न ज्ञापनपत्र बुझाएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार गुप्ताले बताउनुभयो ।
जीतपुरसिमराका स्थानीय, व्यवसायी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले संयुक्तरूपमा जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेललाई उनको कार्यकक्षमै ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका हेन् ।
ज्ञापनपत्र बुझ्दै मेयर राजन पौडेलले यस विषय उपमहानगरले छिटै काम गर्ने बताउनुभयो ।
ज्ञापनपत्र:





