सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघ्यो

बारा, पुष ३ गते ।

आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघेको छ । आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख रुपैयाँ र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।

शुक्रबार सुनको मूल्य ९९ हजार ९ सय, तेजावी सुनको मूल्य ९९ हजार ४ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।