पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि प्रसाईंले लेखेः भ्रष्ट नेताबाट देशले छिट्टै निकास पाउनेछ

काठमाडौं, माघ १५-

नेपाली जनताको मुक्तिको लागि भन्दै आन्दोलन गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । ​पूर्वराजासँग भेटवार्ता गरेको तस्वीर सार्वजनिक गर्दै प्रसाईंले देशले छिट्टै निकास पाउने बताएका हुन् । ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताबाट देशले छिट्टै निकास पाउनेछ, धैर्य गर्नुहोला !’, प्रसाईंले फेसबूकमा तस्वीर सार्वजनिक गर्दै लेखेका छन् ।

लघुवित्त पीडितको ऋण मिनाहा गरेर न्याय दिलाउन भन्दै प्रसाईंले आन्दोलन गरिरहेका छन् । ​मंसिर ७ गते काठमाडौं केन्द्रित आन्दोलन गरेका प्रसाईंले फागुन १ देखि निर्णायक आन्दोलन गर्ने बताएका छन् । प्रसाईंसँग हिजो चर्चित बलिवुड नायिका मनीषा कोइरालाले भेटवार्ता गरेकी थिइन् ।